१३ बैशाख २०८१, बिहिबार

ओलीलाई हटाउने रणनीति : सत्ता साझेदारी गर्न प्रचण्ड-नेपालसँग जसपाले राख्यो यतिठुलो शर्त


प्रचण्ड-नेपाल

काठमाडौँ । नेकपा प्रचण्ड-नेपाल समूहले सरकार निर्माणका बारेमा जनता समाजवादी पार्टी नेपाल (जसपा)सँग छलफल गरेको छ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वयले आज विहान नेकपा कार्यालय पेरिसडाँडामा जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठसँग छलफल गरेको स्रोतले बतायो ।

सरकारमा सहभागी हुनका लागि जसपा नेपालका नेताहरुले केही सर्त अगाडि सारेका छन् । संविधान संशोधन, रेशम चौधरीलगायतका नेता कार्यकर्ताको रिहाइ भएपछि मात्र सरकारमा सहभागी हुनका लागि छलफल गर्न सकिने धारणा राखेको स्रोतले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !