१२ असार २०८१, बुधबार

प्रचण्ड-माधवले देउवालाई भेट्दै, मिल्ला त यी तीन नेताको केमेष्ट्री ?

प्रचण्ड-माधव र देउवावीच भेटवार्ता हुँदै


प्रचण्ड र देउवा

काठमाडौं । राजनीतिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता हुने तयारी रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्ने गरेको कदमलाई सर्वोच्च अदालतले बदर गरेर प्रतिनिधिसभा पुन:स्थापना गर्ने गरेको फैसला गरेपछि र नेकपा विभाजित भएको परिस्थितिमा प्रचण्ड-माधवले देउवालाई भेट्नु राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिनिधिसभा पुन:स्थापना भएपछि उत्पन्न परिस्थितिबारे नेकपा प्रचण्ड-माधव समूह र नेपाली कांग्रेसको शीर्ष नेतृत्वबीच आज छलफल हुने तयारी भएको बुझिएको छ । चितवनमा रहेका प्रचण्ड र माधव काठमाडौं फर्कनासाथ छलफल तय भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।

संसद पुनःस्थापनापछि समसामयिक राजनीतिक घटनाक्रमबारे अब कसरी अगाडि बढ्ने भन्नेबारे टेलिफोन संवाद भइसकेको भए पनि आज भेटेरै छलफल हुन लागेको हो । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उक्त कदमलाई प्रचण्ड-नेपाल समूह र नेपाली कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक कदम भनेका थिए ।

नेपाली कांग्रेसका सभापति देउवासँग प्रचण्ड-नेपालले हिजो चितवनवाटै टेलिफोनमा कुराकानी भएको थियो । सर्वोच्चले प्रतिनिधिसभा विघटन बदर गरेर संविधानको रक्षा गरेको विषयमा नेताहरूका बीचमा छोटो कुराकानी भएको देउवाको सचिवालयले जनाएको छ ।

अब कसरी अगाडि बढ्ने भन्ने विषयमा दलहरूसँग छलफल गरी सहमति र समझदारीबाटै अगाडि बढ्ने प्रचण्डको भनाइ छ । प्रतिनिधिसभा पुनर्स्थापनापछि सभापति देउवाले विज्ञप्ति निकालेर उक्त फैसलाको स्वागत गरेका थिए । तर देउवाले प्रतिनिधिसभा पुनर्स्थापनापछिका अवस्थाबारे छलफल गर्न पार्टीको बैठक बोलाएका भने छैनन् ।

देउवाको सचिवालयका अनुसार प्रतिनिधिसभा पुनर्स्थापनापछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भने सभापति देउवाको कुराकानी नभएको बताएको छ । देशको पछिल्लो विकसित राजनीतिक घटनाक्रममा प्रचण्ड-माधवले देउवालाई भेट्न लागेको अवस्थामा यी तीन जना शीर्ष नेताहरुको केमेष्ट्री मिल्ला त भन्ने चासो पनि बढेको छ ।

यदि ओली प्रधानमन्त्रीवाट हटेर नयाँ बन्ने सरकारको ताला-चाबी अझैसम्म काँग्रेसकै हातमा हुने देखिएको छ । नेपाली काँग्रेसको साथ प्रचण्ड-नेपालले लिएमा उनीहरुको समूहलाई सहज हुने छ भने देउवालाई पनि उनीहरुको साथले सरकार बनाउन सहज हुनेछ ।

तर अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्न सन्दर्भमा देउवाको केमेष्ट्री ओलीसँग मिल्न सक्छ किनकी देउवा संसदवाट केमेष्ट्री एमसीसी पास गराउन चाहन्छन् । यस्तो अवस्थामा प्रचण्ड-नेपाल र देउवाको केमेष्ट्री नमिल्न सक्छ ।

प्रचण्ड-नेपालले भेट्न अनुरोध गरेपछि बाहिरी रुपमा हल्का यी दुवै नेताको धारणा बुझ्न मात्र उनले भेटवार्ता गर्न खोजेको हुन पनि सक्ने आंकलन गर्न सकिन्छ । देउवाले आफू प्रधानमन्त्री बन्ने अवस्थामा मात्रै अरुलाई सहयोग गर्न सकिने आशय पटकपटक प्रकट गरिरहेका छन् ।

अहिले प्रचण्डले माधव नेपाल र देउवालाई प्रधानमन्त्री बनाउने कार्ड फालेर अन्ततः प्रचण्ड आफैं बहुमतीय प्रधानमन्त्री बन्ने रणनीतिमा भएको देखिन्छ । तर प्रचण्डले स्वयम् आफू प्रधानमन्त्री नबन्ने घोषणा गरेका छन् ।

यदि नेपाली काँग्रेस र अन्य मधेशवादी दलहरुको साथ मिलेमा अनि आफूलाई प्रधानमन्त्री बन्न सवैले अनुरोध गरेमा प्रधानमन्त्री बन्ने भित्री आकांक्षा उनमा रहेको छ किनकी खुल्ला रुपमा आफू प्रधानमन्त्री बन्ने भनेमा जनतामा नकारात्मक संदेश जाने हेक्का उनमा छ । अवको नेपालको राजनीतिक अवस्था अस्थिर हुनेका साथै आफ्नो पक्षमा बहुमत पुर्याउन संसद किनबेचको फोहरी खेलमा देशको राजनीति केन्द्रित हुने पनि देखिन्छ ।

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले फाल्गुन १० गते सोमबार बेदकोट नगरपालिका-२ स्थित दैजी-छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्दै प्रतिनिधिसभा पुनःस्थापना भएमा सत्ता समीकरणको खेल, भागवण्डा र तमासाको राजनीति शुरु हुने बताएका थिए । संसद् पुनःस्थापना भए विकासतर्फ केन्द्रित भएको ध्यान सांसद किनबेचको फोहरी खेलमा देशको राजनीति केन्द्रित हुने उनको भनाइ थियो ।

देउवा आफैमा जिद्धि स्वभाव भएका सत्तामोह भएका नेता हुन । उनले आफ्नो अडान हतपत छोड्दैनन् । प्रचण्ड आफै पनि सधै सत्ता र शक्तिमा बसिरहने ठुलो महत्वाकांक्षा भएका नेता भएपनि गतिशील नेता हुन् । आफूलाई अनुकूलता हुने अवस्था आएमा उनी ठुलो त्याग गर्न सक्छन् । माधव नेपाल व्यावहारिक कुरामा सहमतिमा आउने स्वभाव भएका अडानविहिन नेता हुन् । यी तीन जना नेताको केमेष्ट्री मिल्ने वा नमिल्ने आपसमा स्वार्थ मिलेमा मिल्ला नमिलेमा नमिल्ने देखिन्छ ।

यो पनि पढ्नुहोस्

सर्वोच्चको संसद पुनर्स्थापनाको आदेशपछि प्रधानमन्त्री ओलीका विकल्पहरु

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने, प्रतिनिधिसभाकाे फेस गर्ने

प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्छ : अध्यक्ष प्रचण्ड

प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला

जस्तोसुकै परिस्थिति आए पनि सामना गर्न तयार छु : प्रधानमन्त्री ओली

संसद् पुनःस्थापना भए सांसद किनबेचको फोहरी खेल शुरु हुन्छ : प्रधानमन्त्री ओली


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !