७ बैशाख २०८१, शुक्रबार

सर्वोच्चको अदालतको फैसलाले सवै जनता र संविधानको जित : सभामुख सापकोटा


अग्निप्रसाद सापकोटा

काठमाडौँ । सभामुख अग्नि सापकोटाले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदरको फैसलाले सवै जनता र संविधानको जित भएको बताएका छन् । उनले सर्वोच्चको फैसलाले जनतामा रहेको अदालत प्रतिको विश्वासले अर्को गुणात्मक जित हासिल गरेको बताएका हुन् ।

उनले आजको फैसलाले नयाँ आयाम खडा भन्दै लोकतन्त्रकको विकास, सुदृढिकरणमा बल पुगेको बताएका छन् । यसले राज्यका महत्वपूर्ण तीन अंगहरुको शक्ति पृथकिकरण र भूमिकाको बारेमा पनि स्पष्ट मार्गनिर्देश गरेको बताए ।

सर्वोच्चको फैसला आउनका पछाडि सिंगो नेपाली जनता, नागरिक समाज, सबै राजनीतिक पार्टी र सर्वोच्च अदालतका न्यायाधीश, पूर्वन्यायाधीश र संचारकर्मीको एकिकृत प्रयत्नद्वारा महान् सफलता हासिल गरेको बताए ।

पुस ५ गतेदेखि आजको दिनसम्म भएका बहसकाबीच यसले संविधानको रक्षा मात्रै नभई विकास र समृद्धि गर्नुको साथै कार्यान्वयन गर्नका लागि निकै राम्रो आधार खडा गरेको पनि बताए ।

यसैगरी उनले समामुखको हैसियतले आफूले सपथ लिएको दिनदेखि सं‌सद्लाई जीवन्त र जनमुखी बनाउन गरेको संकल्प र आधारलाई सहयोग पुग्ने बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !