१२ बैशाख २०८१, बुधबार

प्रचण्ड भन्छन्, ‘अहिलेको युद्ध हामीले जित्नुपर्छ’


प्रचण्ड फाइल फोटो

काठमाडौं । राजनीतिक रुपमा विभाजन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको युद्ध आफूहरूले जित्नुपर्ने बताएका छन् । आज मंगलबार ‘जनयुद्धको हस्ताक्षर’ पुस्तक विमोचन समारोहमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको फैसला एकदुई दिनभित्रै सुनाउने तयारी गरेको बेला प्रचण्डको सो भनाईलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ । उनले प्रतिनिधिसभा विघटनपछि उक्त मुद्दा अदालतमा रहेको र अदालतले सही फैसला गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि सोको विषयमा मुद्दा सर्वोच्च अदालतमा बहसपछि हेर्दाहेर्दैमा छ । उनले धेरै मेहनत गरेर पार्टी एकता गरे पनि प्रधानमन्त्री ओलीले विघटन र विसर्जतिर लैजान खोजेको आरोप लगाएका छन् ।

यो पनि पढ्नुहोस्

धर्मेन्द्र रिहा-पक्राउ प्रकरण : होला त सरकार र विप्लववीच वार्ता ?

प्रधानमन्त्री ओलीले किन अचानक बोलाए सुरक्षा परिषद् र मन्त्रिपरिषद्को बैठक ?

प्रधानन्यायाधीश जबरालाई भेट्न प्रधानसेनापति थापा किन अचानक पुगे सर्वोच्च अदालत ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु