२१ बैशाख २०८१, शुक्रबार

प्रदेश नं. १ मा मुख्यमन्त्रीको लागि शेरधन राई र भीम आचार्य चर्चामा


Kedar-karki-Rajiv-Koirala-Himal-karki

१६ माघ, इटहरी । प्रदेश १ वाट शेरधन राई वा भीम आचार्यमध्ये को मुख्यमन्त्री बन्ने चर्चाले प्रमुख प्रतिपक्षी दलको नेताको बहस ओझेलमा परेको छ । वाम गठबन्धनको दुईतिहाइ रहेको प्रदेश १ मा कांग्रेस प्रमुख प्रतिपक्षी दल हो । ९३ सदस्यीय प्रदेशसभामा कांग्रेसका २१ सांसद छन् । दलीय अंकगणितमै पनि कांग्रेस, एमाले पछिको दोस्रो ठूलो दल हो ।

विपक्षी दलको नेताका लागि कांग्रेेसका तीन नेताको दाबी देखिएको छ । प्रत्यक्ष चुनाव जितेका केदार कार्की, राजीव कोइराला र हिमाल कार्की विपक्षी दलको नेता बन्ने रेसमा देखिएका छन् । कार्की मोरङ क्षेत्र नम्बर ६ (ख) का प्रदेश सभा सदस्य हुन् भने कोइराला सुनसरी क्षेत्र नम्बर २ (ख) र हिमाल कार्की भने उदयुपुरको क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित प्रदेश सांसद हुन् ।

केदार कार्की मोरङ सभापतिमा पराजित र नेविसंघका पूर्व केन्द्रीय नेता हुन् । कार्की समर्थकहरुले प्रदेशमा कांग्रेस अल्पमतमा भएकाले युवा नेता आवश्यक भएको भन्दै बलिङ थालेका छन् । कार्कीले पनि प्रदेशसभामा आक्रामक र डाइनामिक नेतृत्व चाहिने भएकाले आफ्नो दाबी स्वभाविक भएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !