३० कार्तिक २०८१, शुक्रबार

प्रचण्ड भन्छन्, ‘ओलीको ठाडो आदेशमा रामकुमारी झाँक्रीलाई पक्राउ गरियो’


प्रचण्ड फाइल फोटो

काठमाडौं । राजनीतिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीको ठाडो आदेशमा नेत्री रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको बताएका छन् ।

आज विहिबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले रामकुमारीले लोकतन्त्रप्रति प्रखर रुपमा बोलेकोले उनलाई पक्राउ गरेर सरकारले लोकतन्त्रमाथिको हमला भएको बताए । आफूहरुले रामकुमारीलाई पक्राउ नगर्न आग्रह गर्दा पनि प्रधानमन्त्री ओलीको ठाडो आदेशमा पक्राउ गरिएको उनले बताउदै यसबारेमा आफूले निर्णय गर्ने पनि उनले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई काठमाडौँको बुद्धनगरस्थित निवासवाट सोधपुछका लागि पक्राउ गरेको हो । महाशाखाले राज्य विरुद्धको कसूरमा अनुसन्धान गर्न भनी झाँक्रीलाई पक्राउ पूर्जी पनि दिएको छ ।

महाशाखाले राज्य विरुद्धको कसूरमा अनुसन्धान गर्न भनी झाँक्रीलाई पक्राउ पूर्जी पनि दिएको छ । राष्ट्रपति जस्तो सम्मानित संस्थाविरूद्ध अनर्गल प्रचार गर्ने काम गरेकाले उनलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस्

प्रहरीद्वारा रामकुमारी झाँक्रीलाई बुद्धनगर निवासवाट गिरफ्तार

झाँक्रीलाई पकाउ गर्न प्रहरी उनको निवासमा पुगेपछि समर्थकहरुद्वारा नाराबाजी

झाँक्रीका समर्थक कार्यकर्ताहरुको नाराबाजी : रामकुमारी झाँक्री हाई, हाई, केपी, विद्या बाई बाई !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !