८ जेष्ठ २०८१, मंगलबार

अदालत र आयोगलाई प्रचण्डको धम्की : निर्णय छिटो गर, खुट्टा नकमाऊ


सर्वोच्च अदालत, प्रचण्ड र निर्वाचन आयोग

काठमाडौँ । राजनीतिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालत र निर्वाचन आयोगलाई दुवैलाई खुट्टा नकमाइ छिटो निर्णय गर्न धम्की दिएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत उक्त समूहले काठमाडौंको भृकुटीमण्डपमा गरेको विशाल आमसभामा बोल्दै उनले नेकपाको आधिकारिकता विवादमा खेलाँची नगर्न निर्वाचन आयोग र प्रतिनिधिसभा विघटनको बिरुद्ध परेको रिटको बहस चाडैं सिध्याई फैसला गर्न जारी सर्वोच्च अदालतलाई चेतावनी दिएका हुन् ।

संवैधानिक निकायले गलत गरे देशले दुःख पाउने बताउदै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले धम्क्याएपछि आयोगले गतिलो लक्षण नदेखाएको भन्दै उनले ३० दिने हदम्याद काइते तर्क मात्र भएको टिप्पणी गरे । उनले ७० प्रतिशत आनो समूहसँग भएर जाँदा विवाद सुरु भएको १० दिन पनि नभएको बताउदै उनले त्यसलाई हिसाब नगर्ने, केपी ओली गएर धम्क्याउने वित्तिकै त्यसलाई हिसाब गरेमा राम्रो नहुने धम्की दिए ।

उनले नेपाली जनतालाई हेप्ने गल्ती कसैले गरेर संवैधानिक निकायमा पुगेकाहरुले खेलाँची ठान्दा देश र जनताले दुःख पाउने उनले चेतावनी दिएका हुन् । प्रचण्डले आजको उपस्थितिले सर्वोच्च अदालतलाई पनि फैसला गर्न सहज भएको टिप्पणी गरेका छन् ।

आफूले बोल्दा अदालतको अवहेलना भएको पनि भन्ने गरेको भन्दै उनले आफूले कहिल्यै अपमान नगरेको स्पष्ट पार्दै अदालतप्रति भरोसा भएकोले छिटो फैसला गरिदेऊ भनेको प्रशंग कोट्याए । उनले संवैधानिक निकायहरुले डर धाक धम्की नहेरुन्, स्वतन्त्र ढंगले काम गरुन भन्ने चाहेको बताए ।

उनले विरोध प्रदर्शन कस्तो हुन्छ हेर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । १० लाख जनता लिएर सिंहदरबार र बालुवाटार घेर्नु नपरोस् भनेर सांकेतिक रुपमा ओलीलाई चेतावनी दिएका छन् । उनले सिंहदरबार र बालुवाटार घेर्ने अर्को आमसभा गर्ने अवस्था आएमा १० लाख जनता उतार्ने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले जनताका पीडा नबुझ्ने हो भने अब सिंहदरबार र बालुवाटार घेर्ने प्रचण्डले बताएका छन् । उनले आफ्नो समूहले आज आयोजना गरेको विरोध प्रदर्शनमा आफ्ना कुनै कार्यकताले एसएमएस गरेर दिएको जानकारी अनुसार ५ लाख मान्छे उपस्थित भएको दावी समेत गरे ।

प्रधानमन्त्री ओलीले लोकतन्त्रको हत्या गरेको समेत उनले बताए । यदि यो जनताको भीड बेवास्ता गरेर सर्वोच्चले फैसला गरे देशमा आँधीहुरी आउँने उनले चेतावनी दिए । देशमा फेरि शान्तिपूर्ण क्रान्ति अथवा ‘ग्रिन रिभोल्युसन’ भई रहेको दावी गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !