८ बैशाख २०८१, शनिबार

प्रचण्डको ओलीलाई चेतावनी : १० लाख जनता लिएर सिंहदरबार र बालुवाटार घेर्नु नपरोस्


प्रचण्ड र केपी ओली

काठमाडौँ । राजनीतिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० लाख जनता लिएर सिंहदरबार र बालुवाटार घेर्नु नपरोस् भनेर सांकेतिक रुपमा ओलीलाई चेतावनी दिएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत उक्त समूहले काठमाडौंको भृकुटीमण्डपमा गरेको विशाल आमसभामा बोल्दै उनले सिंहदरबार र बालुवाटार घेर्ने अर्को आमसभा गर्ने अवस्था आएमा १० लाख जनता उतार्ने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले जनताका पीडा नबुझ्ने हो भने अब सिंहदरबार र बालुवाटार घेर्ने प्रचण्डले बताएका छन् । उनले आफ्नो समूहले आज आयोजना गरेको विरोध प्रदर्शनमा आफ्ना कुनै कार्यकताले एसएमएस गरेर दिएको जानकारी अनुसार ५ लाख मान्छे उपस्थित भएको दावी समेत गरे ।

विरोध प्रदर्शन कस्तो हुन्छ हेर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । प्रचण्डले आजको उपस्थितिले सर्वोच्च अदालतलाई पनि फैसला गर्न सहज भएको टिप्पणी गरेका छन् । निर्वाचन आयोगलाई धम्की दिदैं खुट्टा नकमाउन अनुरोध समेत गरेका छन् ।

प्रधानमन्त्री ओलीले लोकतन्त्रको हत्या गरेको समेत उनले बताए । यदि यो जनताको भीड बेवास्ता गरेर सर्वोच्चले फैसला गरे देशमा आँधीहुरी आउँने उनले चेतावनी दिए । देशमा फेरि शान्तिपूर्ण क्रान्ति अथवा ‘ग्रिन रिभोल्युसन’ भई रहेको दावी गरे ।

उनले अहिलेको केपी ओली नेतृत्वको सरकारका २ जना मन्त्रीहरु आफ्नो समूहको नेकपामा मन्त्री पद त्याग गरेर आउन अनुरोध गरेको समेत बताए । राम्रा दिमाख भएका मान्छेहरु आफ्नो समुहमा भएको तर ओलीको समूहमा नराम्रो दिमाख भएका मान्छेहरु मात्र भएको आरोप लगाए ।

नेपाली जनता भगवान् भएको बताउदै ओलीले आफ्नो निर्वाचन क्षेत्रमा ओलीले रामको जन्मस्थान खोज र अनुसन्धानवाट पुष्टि गरेर धार्मिक पर्यटकीय स्थल बनाएमा सवभन्दा बढी खुशी आफू हुने समेत बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !