१९ बैशाख २०८१, बुधबार

प्रधानमन्त्री ओलीलाई रामकुमारी झाँक्रीको कडा चेतावनी : मलाई गिरफ्तार गर्ने हिम्मत छ ?


रामकुमारी झाँक्री

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कडा चेतावनी दिएकी छिन् । नेतृ झाँक्रीले मलाई गिरफ्तार गर्ने हिम्मत छ भन्दै प्रश्न गरेकी छिन् ।

प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ झाँक्रीले यस्तो बताएकी हुन् । नेतृ झाँक्रीलाई प्रक्राउ गर्न अखिल नेपाल महिला संघ (अनेमसंघ) ले माग गर्दै बुधबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाएको थियो ।

माघ १६ गते गोरखाको सिरानचोक गाउँपालिकाको एक कार्यक्रममा झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीको चारित्रिक हत्या गरेको भन्दै प्रक्राउ गरी कारबाही गर्न माग गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !