३० कार्तिक २०८१, शुक्रबार

ओली सरकारले जंगली राज चलाउन खोज्यो : अध्यक्ष प्रचण्ड


प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओली नेतृत्वको सरकारले जंगली राज चलाउन खोजेको आरोप लगाएका छन् ।

संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोध गर्दै आफ्नो समूहले आयोजना गरेको आमहड्ताल सफल पार्न बिहीबार ललितपुरको सातदोबाटो चोकमा सडकमा नाराबाजी गर्न पुगेका प्रचण्डले पत्रकारहरूसँग कुरा गर्दै सो कुरा बताएका हुन् ।

उनले फागुन पहिलो सातादेखि संयुक्त जनआन्दोलन हुने समेत बताएका छन् । यस्तै माघ २८ गते विशाल प्रदर्शन हुने र त्यसपछि पनि प्रतिगमन सच्चिएन भने फागुन पहिलो सातादेखि संयुक्त जनआन्दोलनले केपी ओली सरकारको आयु सकिने बताएका छन् ।

प्रदर्शनमा सहभागी उनले ७० वर्ष लडेर ल्याएको लोकतन्त्र गणतन्त्र र संबिधान धरापमा परेकाले बाध्यात्मक अवस्थामा बन्द गर्नुपरेको बताए । सरकारले देश, संविधान र लोकतन्त्रमाथि नै प्रहार गरेको भन्दै त्यस विरुद्धको आन्दोलन थप सशक्त बनाइने समेत उनले घोषणा गरेका छन् ।

उनले अहिले भएको संघर्ष जनता र लोकतन्त्रको लागि भएको भन्दै प्रतिगमनविरुद्धको आन्दोलनमा जनताले साथ दिन्छन् भन्नेमा आफूहरुको विश्वास रहेको बताए । सरकार आफैंले जुलुस निकाल्ने गरेकोप्रति कटाक्ष गर्दै प्रचण्डले यसलाई पञ्चर्यालीको संज्ञा दिए ।

हिजो पञ्चहरुले त्यसै गरेर निभ्ने बेलाको बत्ती जस्तो ठूलाठूला पञ्चर्याली गर्ने गरेको उनले टिप्पणी गरे । संवैधानिक निकायका पदाधिकारीलाई संसदीय सुनुवाइबिनै सपथ खुवाएर प्रधानमन्त्री ओलीले भद्दा प्रतिगमन गरेको उनले बताउदै उनले यसलाई जंगली राजको संज्ञा दिएका छन् ।

यो पनि पढ्नुहोस्

फागुन पहिलो सातादेखि संयुक्त जनआन्दोलन हुन्छ, केपी ओलीको आयु सकिन्छ : प्रचण्ड

प्रचण्ड-नेपाल समूहको निर्णय र गृहको विज्ञप्तिले अल्मलिए जनता

प्रचण्ड-नेपाल समूहले भोलि देशव्यापी आमहड्ताल गर्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !