१३ बैशाख २०८१, बिहिबार

फागुन पहिलो सातादेखि संयुक्त जनआन्दोलन हुन्छ, केपी ओलीको आयु सकिन्छ : प्रचण्ड


प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन पहिलो सातादेखि संयुक्त जनआन्दोलन हुने समेत बताएका छन् । यस्तै माघ २८ गते विशाल प्रदर्शन हुने र त्यसपछि पनि प्रतिगमन सच्चिएन भने फागुन पहिलो सातादेखि संयुक्त जनआन्दोलनले केपी ओली सरकारको आयु सकिने बताए ।

संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोध गर्दै आफ्नो समूहले आयोजना गरेको आमहड्ताल सफल पार्न बिहीबार ललितपुरको सातदोबाटो चोकमा सडकमा नाराबाजी गर्न पुगेका प्रचण्डले पत्रकारहरूसँग कुरा गर्दै सो कुरा बताएका हुन् ।

संयुक्त आन्दोलनका लागि राजनीतिक दलहरू जस्तै नेपाली काँग्रेस, राजपासहित अन्य दल, नागरिक समाज र अन्य पक्षसँग कुरा भइरहेको समेत बताएका छन् । उनले भोलि ओली समूहले नारायणहिटी दरबारअगाडि गर्न लागेको सभा पञ्च र्‍याली भएको बताएका छन् ।

उनले अहिले भएको संघर्ष जनता र लोकतन्त्रको लागि भएको भन्दै प्रतिगमनविरुद्धको आन्दोलनमा जनताले साथ दिन्छन् भन्नेमा आफूहरुको विश्वास रहेको बताए । सरकार आफैंले जुलुस निकाल्ने गरेकोप्रति कटाक्ष गर्दै प्रचण्डले यसलाई पञ्चर्यालीको संज्ञा दिए ।

हिजो पञ्चहरुले त्यसै गरेर निभ्ने बेलाको बत्ती जस्तो ठूलाठूला पञ्चर्याली गर्ने गरेको उनले टिप्पणी गरे । संवैधानिक निकायका पदाधिकारीलाई संसदीय सुनुवाइबिनै सपथ खुवाएर प्रधानमन्त्री ओलीले भद्दा प्रतिगमन गरेको उनले बताउदै उनले यसलाई जंगली राजको संज्ञा दिएका छन् ।

उनले आफूहरुको आन्दोलनमा नेपाली जनता साथमा रहेको पनि बताए । प्रचण्ड सहभागी जुलुसमा कार्यकर्ताहरूले ‘आदेश देऊ प्रचण्ड हामी लड्न तयार छौं’ लगायत नारा लगाएका थिए ।

यो पनि पढ्नुहोस्

प्रचण्ड-नेपाल समूहको निर्णय र गृहको विज्ञप्तिले अल्मलिए जनता

प्रचण्ड-नेपाल समूहले भोलि देशव्यापी आमहड्ताल गर्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !