२२ बैशाख २०८१, शनिबार

चुनाव एक दिन पनि नसर्ने प्रधानमन्त्री ओलीको दावी


केपी शर्मा ओली फाइल फोटो

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखको मध्यावधि चुनाव एक दिन पनि पर नसर्ने दाबी गरेका छन् । ओलीले वैशाख १७ र २७ गते नै चुनाव हुने दावी गरे । सोमबार आयोजित एक कार्यक्रममा ओलीले भने, ‘तपाईंहरु तयार हुनुस्, एक दिन पनि पर सर्दैन ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चुनाव एक दिन पनि पर नसर्ने बताएका छन् । धनुषाको ढल्केवरमा सोमबार देशकै सबैभन्दा ठूलो विद्युतीय सव-स्टेशन उद्घाटन गर्दै उनले निर्वाचन आयोग तयारीमा जुटेकाले धनुषामा बैशाख १७ गते नै चुनाव हुने जिकिर गरे ।

‘निर्वाचन आयोगको काम चुनाव नगराउने होइन, गराउने हो । निर्वाचन आयोगले गराउनुपर्छ र गराउँछ ।’ ओलीले भने, ‘पशुपतिमा १ सय ४१ किलोको सुनको जलहरी हालिदिने भनेपछि परम्परा बिग्रने भयो भनेर केही मिडियाले लेखे ।

चाँदीकै हाल्नुपर्थ्यो । सुनको हाल्नुहुन्न, परम्परा बिग्रिन्छ रे । म त्यस्तालाई सोध्न चाहन्छु, तपाईंको बुवा पण्डिततपाईँ किन पत्रकार हुनुभयो ? पण्डितै भएको भए पो परम्परा बाँच्थयो । मेरो बुवा प्रधानमन्त्री थिए र म प्रधानमन्त्री भएँ । नयाँ कामका लागि परम्परा भत्काउनुपर्छ ।’

प्रचण्ड-नेपाल समूहतर्फ ईङ्कित गर्दै प्रधानमन्त्री ओलीले पार्टीभित्र उपद्रो गरेर, सरकारलाई गाली गरेर पार्टी चल्छ, भन्दै प्रश्न गरे । पशुपतिमा १ सय ५१ किलोको सुनको जलप हालिदिन्छु भन्दा विरोध गरेकोप्रति उनले आपत्ति जनाए ।

प्रधानमन्त्री ओलीले नयाँ कामको लागि पूरानो परम्परा भत्काउनु पर्ने जिकिर गरे । उनले आफूलाई मधेशविरोधी भनेर प्रचार गर्नेहरूमध्ये कतिले डोम, चमार र दुसाधको छोरालाई काखमा राख्यो भन्दै प्रश्न गरे । प्रधानमन्त्री ओलीले मधेशमा सडक र सिंचाइको राम्रो व्यवस्था आफ्नै पालामा भएको जिकिर गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !