७ बैशाख २०८१, शुक्रबार

माइतीघर सडकको चिसो भुईमा पलेटी कसेर थचक्क फेरि किन बसे प्रचण्ड र माधव नेपाल ?


माइतीघर सडकको चिसो भुईमा पलेटी कसेर थचक्क फेरि किन बसे प्रचण्ड र माधव नेपाल ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल लगायतका नेताहरु काठमाडौँको माइतीघर सडकको चिसो भुईमा पलेटी कसेर फेरि बसेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरोधमा आन्दोलनरत नेकपाको प्रचण्ड-माधव समूहले माइतीघर मण्डला धर्ना दिन प्रचण्ड र नेपाल आज आइतबार सहभागी भएका हुन् ।

अध्यक्षद्वय नेपाल लगायतका नेताहरु पलेटी कसेर सडकमा धर्नामा विघटित प्रतिनिधिसभाका सदस्यहरू सहित राष्ट्रियसभा, प्रदेशसभा र दुवै संविधानसभाका सदस्यहरू सहभागी छन् । सो पार्टीका संघीय र प्रदेश सांसदहरु माघ १४ देखि माइतीघर मण्डलामा दैनिक धर्ना दिँदै आएका छन् ।

सो समूहले प्रतिनिधिसभा विघटनविरुद्ध २८ गतेको काठमाडौंका वृहत शक्ति प्रदर्शनअघि प्रचण्ड-माधव समूहले तेस्रो चरणको आन्दोलन कार्यक्रम अन्तर्गत धर्ना दिँदै आएको हो । नियमित धर्नामा रहेका संघीय तथा प्रदेश सांसदहरुलाई साथ दिन आइतबार अध्यक्षद्वय प्रचण्ड र नेपाल सहभागी भएको सो समूहका एक नेताले बताएका छन् ।

२०७७ पुष १० गते शुक्रबार माइतीघर मण्डलामा आयोजित प्रदर्शनमा ‘हामी यहाँ छौं’ लेखिएका प्लेकार्ड शरीरमा लगाएर प्रचण्ड र माधव नेपालसँगसँगै बसेका थिए भने उनीहरुको पछाडि पूर्वप्रधानमन्त्री झलनाथ खनाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ बसेका थिए ।

हामी यहाँ छौं

पूर्वप्रधानमन्त्री प्रचण्ड र माधव नेपाल सडकमा ओर्लिएको दृश्य हेरेर सामाजिक सञ्जालमा व्यापक चर्चा-परिचर्चा व्यापक भएको थियो । कसैले उनीहरुमाथि व्यंग्य गरेका थिए भने कसैले उनीहरुको आन्दोलनको समर्थन गरेका थिए ।

यो पनि पढ्नुहोस्

सुरेन्द्र पाण्डे भन्छन्, ‘नारायणहिटीमा आमसभा गरेर ओलीले २३ गते हिन्दू राष्ट्र घोषणा गर्न सक्छन्’

ओली समूहको नेकपाले माघ २३ गते नारायणहिटी सडकमा शक्ति प्रदर्शन गर्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !