१८ बैशाख २०८१, मंगलबार

प्रधानमन्त्री देउवाले भने-नेपाली भूमि एक इन्च पनि भारतलाई छोड्दिन


priminister

११ माघ, काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली भूमि एक इन्च पनि भारतलाई नछोड्ने बताएका छन् । पर्साको छपकैयामा सीमा मिचिएको बारे ध्यानाककर्षण गराउन पुगेको विद्यार्थीहरुको टोलीहरुलाई प्रधानमन्त्री देउवाले यस्तो जवाफ दिएका हुन् ।

प्रधानमन्त्रीलाई उदृत गर्दै अखिल क्रान्तिकारीका महासचिव उत्तम अधिकारीले भने,’हामीले स्थलगत अवलोकोन पश्चात सुझावसहित तयार पारेको प्रतिवेदन बुझायौं, प्रधानमन्त्रीले एक वाक्यमा ; म एक इन्च नेपाली भूमि भारतलाई छोड्दिन्न भन्नुभयो ।’ आफूहरुले प्रतिवेदनमा दीर्घकालीन समस्या समाधानका लागि सिमानामा काँडेतार लगाउन सुझाव दिएको महासचिव अधिकारीले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !