१२ बैशाख २०८१, बुधबार

शहीद हुनुअघि गंगालाल श्रेष्ठले जेलभित्रै भनेको अन्तिम वाक्य के थियो ?


प्रकाशमान सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शहीद हुनुअघि गंगालाल श्रेष्ठले जेलभित्रै गणेशमान सिंहलाई भन्नुभएको अन्तिम वाक्य ‘डोन्ट फर्गेट माई ब्लड’ आजको दिनमा थप ताजा भएर आएको बताएका छन् ।

नेता सिंहले शहीदहरूले बलिदान दिएकैले आज हामीले निर्वाध नागरिक अधिकारको प्रयोग गरिरहेको बताए । नेता सिंहले आज सामाजिक संजालमा एक स्टाटस लेख्दै देश नै बन्द कठघराजस्तो रहेका बेला प्रजातन्त्र, नागरिक अधिकार र स्वतन्त्रताका लागि लड्दा-लड्दै सहिद हुनुभएका गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र दशरथ चन्द सधैं नेपालीको मनमुटुमा रहिरहने बताए ।

नेता सिंहले सहीदहरूको बलिदानबाट प्राप्त उपलब्धिमाथि आज सरकारमै रहेकाहरूबाट खतरा देखिएको टिप्पणी गरे । सहीदको बलिदानबाट प्राप्त उपलब्धिमाथि धावा बोल्ने केपी ओली प्रवृत्तिविरूद्ध अहिले एक भएर लड्नुपर्ने अवस्था रहेको नेता सिंहले बताए ।

नेता सिंहले लेखेका छन्, “शहिद हुनुअघि गंगालाल श्रेष्ठले जेलभित्रै गणेशमान सिंहलाई भन्नुभएको अन्तिम वाक्य ‘डोन्ट फर्गेट माई ब्लड’ आजको दिनमा थप ताजा भएर आएको छ । शहिदहरूले बलिदान दिएकैले आज हामीले निर्वाध नागरिक अधिकारको प्रयोग गरिरहेका छौं । स्वतन्त्रताको लामो श्वास फेर्न पाइरहेका छौं । देश नै बन्द कठघराजस्तो रहेका बेला प्रजातन्त्र, नागरिक अधिकार र स्वतन्त्रताका लागि लड्दालड्दै सहिद हुनुभएका गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र दशरथ चन्द सधैं नेपालीको मनमुटुमा रहिरहनुहुनेछ । शहिद दिवसको दिन उहाँहरूप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शहीदहरूले देखाएको बाटोमा हिँड्ने प्रण गर्दछु ।

उहाँहरूको बलिदानबाट प्राप्त उपलब्धिमाथि आज सरकारमै रहेकाहरूबाट खतरा देखिएको छ । सहिदको बलिदानबाट प्राप्त उपलब्धिमाथि धावा बोल्ने केपी ओली प्रवृत्तिविरूद्ध अहिले एक भएर लड्नुपर्ने अवस्था छ ।

अझै पनि सहिदहरूले देख्नुभएको सपना साकार हुन बाँकी छ । सहिदले देखेका सपना सार्थक बनाउने सामर्थ्य हामीलाई प्राप्त हुन सकोस् । नागरिकका अधिकार पूर्ण स्थापित गर्न, जनताको जीवनस्तर उठाउन र देशलाई समृद्ध बनाउनुपर्ने काममा इमान्दार भएर लाग्न पनि यो दिनले हामी सबैलाई उत्प्रेरित गर्न सकोस् । पुनः महान सहिदहरुप्रति श्रद्धासुमन । जय नेपाल।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु