२१ बैशाख २०८१, शुक्रबार

‘मेरो बुबा नै भर्खर बुढो हुनुभएको छ, मलाई बुढो भनेर हेप्ने ?’


केपी शर्मा ओली फाइल फोटो

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले एक दुई पटक किड्नी अपरेशन गरेपनि कमजोर नरहेको बताएका छन् । यदि कसैले कमजोर सोचेमा त्यो भ्रम हुने ओलीले बताएका छन् ।

ट्रेड युनियन महासंघको भेलामा बोल्दै ओलीले आफ्नो बुबा नै भर्खर बुढो-बुढो हुनुभएको बताए । ओलीले बुबा एक दुई किलोमिटर खुइँखुइँती एक्लै हिड्न सक्ने बताए । ओलीले भने, ‘नयाँ दुई वटासहित चार किड्नी बोकेर हिड्दैमा कसैले कमजोर ठान्यो भने भ्रम हुनेछ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !