१४ बैशाख २०८१, शुक्रबार

ठाकुर गैरेले एमालेमा किन पाउँदैनन् टिकट ?


Thakur Gaire ठाकुर गैरे

९ माघ, काठमाडौं । नेकपा एमालेवाट राष्ट्रियसभामा नवप्रवेशी गायिका कोमल वलीले टिकट पाउँदा युवा नेता तथा अनेरास्ववियुका पूर्वअध्यक्ष ठाकुर गैरेको नाम भने स्थायी कमिटीमा पेश नै भएन । प्रतिनिधिसभामा पाल्पा २ वाट प्रत्यक्ष टिकटका दाबेदार गैरेको नाम ०७० र ०७४ दुवै चुनावमा अन्तिम समयमा काटिएको थियो ।

यसपटक राष्ट्रियसभामा प्रदेश नम्बर ५ अखिलका पूर्वअध्यक्षद्वय खिमलाल भट्टराई र ठाकुर गैरेलाई ल्याउने अनुमान गरिएको थियो । वाम गठबन्धनको भागवण्डामा एमालेले एक सिटमात्र खुला सदस्यमा पाएकोले सो ठाउँमा खिमलाललाई ल्याइएको छ ।

खिमलाल ठाकुरभन्दा अघिका अखिल अध्यक्ष हुन् भने ठाकुर दुईपटक केन्द्रीय सदस्य निर्वाचित भइसकेका युवा नेता हुन् । खिमलाल पनि एमालेको केन्द्रीय सदस्य हुन् । खुला सदस्यको एउटा मात्र कोटा एमालेलाई परेकाले खिमलाल ल्याउँदा ठाकुरलाई समेट्न नसकिएको एमालेका एक पदाधिकारीले बताए ।

एमालेभित्र ठाकुर गैरे कार्यकर्तावीच लोकप्रिय भए पनि शीर्ष नेताहरुको रुचिमा नपरेका नेताका रुपमा चिनिन्छन् । उनी बुटवलको आठौं महाधिवेशनमा झलनाथ खनाल र केपी ओली कुनै पनि प्यानलमा नपरेपछि प्यानल बाहिरवाटै केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !