काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतमले आफू दुवै पक्षको उपाध्यक्ष रहेको दावी गरेका छन् । गौतमले केपी ओली र प्रचण्डलाई एक बनाउने काम आफुले गर्ने दावी गरे ।
हिमालय टेलिभिजनको यक्ष प्रश्न पार्यक्रममा राजेन्द्र बानियासँग बोल्दै गौतमले ओली र प्रचण्ड पार्टी र देश दुबै चलाउन असक्षम रहेको आरोप लगाए । गौतमले ओलीले पार्टी निर्माण नगरेको र ओली आफै पिक्षा लागेको आरोप लगाए ।
गौतमले भने, “प्रचण्डले आफै निर्माण गर्नुभएको पार्टी हो । तर ओलीले पार्टी निर्माण गरेको होइन । ओली त पिछा लागेको मात्र हो । प्रचण्ड समूहको नेताहरु तालिमप्राप्त छन् ।”
नेता गौतमले ओलीसँग पार्टी अध्यक्षको माग राखेको बताए । आफूले पार्टीको अध्यक्ष बनाउन आग्रह गरेको तर ओलीले नमानेको गौतमले बताए । गौतमले भने, “ओलीलाई पार्टी अध्यक्ष मलाई बनाउनुस् । तपाई वरिष्ठ नेतामा बस्नुस्, प्रधानमन्त्री चलाईरहनुस्, म पार्टी अध्यक्ष बन्छु ।”
नेता गौतमले यी प्रस्ताव गरेपछि ओलीले नमानेको बताए । ओलीले आफू वरिष्ठ नेतामा रहदा आफू कम्जोर हुने बताएको गौतमले बताए ।