४ जेष्ठ २०८१, शुक्रबार

आफैंले पढाएको विद्यालयमा पुगिन् राष्ट्रपति


biratnagar

६ माघ, बिराटनगर । राष्ट्रपति विद्यादेवी भण्डारी पञ्चायतकालमा आफैंले पढाएको विद्यालयमा पुग्दा मोरङको नक्सलबारीका बासिन्दा शनिबार हर्षित देखिए । राष्ट्रपति भण्डारीले मोरङको बेलबारी नगरपालिका वडा नम्बर १, नक्सलबारीमा रहेको विद्यालयमा ०४३ साल माघ २ गतेदेखि ०४६ साल फागुन २४ गतेसम्म शिक्षिकाका रुपमा काम गरेकी थिइन् ।

शनिबार विद्यालयको स्वर्ण महोत्सवको अवसरमा राष्ट्रपति भण्डारी त्यहाँ पुगेकी हुन् । पञ्चायतकालमा उनी सोही विद्यालय नजिकै डेरा बसेकी थिइन् । उनका छोरीहरु त्यसबेला स-साना थिए । भूमिगत अवस्थामा मदन भण्डारी पनि बेलाबखत सो गाउँमा जाने गर्ने ।

विद्यालयको स्वर्ण महोत्सवमा पुगेकी राष्ट्रपतिसँग विद्यालयका स्टाफहरुले सामुहिक तस्वीरसमेत खिचाए । कार्यक्रमलाई सम्वोधन गर्दै राष्ट्रपति भण्डारीले राजनीतिक परिवर्तन स्थापित भइसकेकाले अब आर्थिक समृद्धिका लागि केन्द्रित हुनुपर्ने बताएकी छिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !