१३ बैशाख २०८१, बिहिबार

प्रचण्डको रोइलो : सूर्य चिन्ह हामीले नपाए यो देशमा ‘कयामत’ आउनेछ


प्रचण्ड

काठमाडौं । अनौपचारिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूर्य चिन्ह नपाए देशमा ‘कयामत’ हुने भन्दै रोइलो गरेका छन् ।

आज बुधबार आफ्नो समूहको काठमाडौं जिल्ला स्तरीय भेलालाई सम्बोधन गर्दै प्रचण्डले निर्वाचन आयोग र सर्बोच्च अदालतलाई चेतावनीको भाषा दिँदै कयामत हुने बताएका हुन् । उनले निर्वाचन आयोगले आफूलाई विश्वास दिलाएको भन्दै यदि भएन भने यहाँ कयामत आउनेका साथै यो देशमा आँधिहुरी वतास आउने बताए ।

केपी ओलीले संविधाान मिचेर छुरा धसे जस्तै अरु संवैधानिक निकायले पनि त्यसै गरे भने जनता हेरेर नबस्ने पनि बताएका छन् । दुई तिहाई बहुमतले हटाइसकेको केपी ओलीलाई निर्वाचन आयोगले अध्यक्षकै रुपमा मानेर पत्राचार गरेकोमा पनि आफूहरुले आपत्ति जनाइसकेको जानकारी प्रचण्डले दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !