दाहाल– नेपाल समूह
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले ओलीलाई कसरी अध्यक्ष भन्दै हुनुहुन्छ ? भन्ने प्रश्न गरेको छ । सोमबार अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहित नेताहरु लिखित पत्र लिएर आयोग पुगेर यस्तो प्रश्न गरिएको एक नेताले बताए ।
प्रचण्ड र नेपालसहित नेताहरुले पार्टीको आधिकारिकता विवादमा संविधान, कानुन, ऐन र विधिको आधारमा निर्णय लिन निर्वाचन आयोगलाई आग्रह गरेको नेताले बताए । ओली समूहले ल्याएको पत्र अध्ययन नै नगरी दर्ता गरेकोमा अध्यक्ष नेपालले आपत्ति जनाएका थिए ।
यो पनि पढ्नुहोस्
निर्वाचन प्रक्रिया रोक्न निर्वाचन आयोगलाई प्रचण्ड–नेपाल समूहको माग