४ जेष्ठ २०८१, शुक्रबार

विप्लवका काठमाडौं सेक्रेटरी घिमिरेसहित तीन जना नेता पक्राउ


विप्लव

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव समूहका काठमाडौं सेक्रेटरी भिमसेन घिमिरेसहित तीन जना नेता काठमाडौंबाट पक्राउ परेका छ । प्रहरीको विशेष ब्युरो टोलीले मंगलबार साँझ काठमाडौं सेक्रेटरी घिमिरे, जिल्ला सदस्य हरिबहादुर चन्द र वीरेन्द्र शाहीलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट केही महत्वपूर्ण कागजपत्र पनि बरामद भएको प्रहरीले जानकारी दिए । उनीहरुविरुद्ध चन्दा ऐन अन्तरगत म्याद थप गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !