२३ बैशाख २०८१, आइतबार

प्रधानमन्त्री ओली पूर्वराजा ज्ञानेन्द्र शाहको पथमा लागेको योगेश भट्टराईको आरोप


योगेश भट्टराई

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराजा ज्ञानेन्द्र शाहको पथमा लागेको आरोप लागेका छन् । पुर्व पर्यटनमन्त्री समेत रहेका नेता भट्टराईले पश्चगामी कदम चालिरहेका ओली ज्ञानेन्द्रको पथमा हिँडेको आरोप लगाए ।

“ओली निकटकाहरुले संघीयता नै खारेज गरिदिनुहोस्, लोकप्रिय हुनुहुन्छ भनेको सुनिदैछ । त्यो भनेको ज्ञानेन्द्र पथ नै हो’, मंगलबार बानेश्वरमा पत्रकारहरुसँग बोल्दै भट्टराईले, “संसद विघटनको विरुद्धमा, संघीयता, गणतन्त्र र संधिवानको पक्षमा हामी उभिएका छौं । हामी अग्रगमण पक्षधर हौं ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !