२४ बैशाख २०८१, सोमबार

सरकारले तोकेको प्रदेश प्रमुख हटाउने ओलीको संकेत


kp oli airport

४ माघ, काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले तोकेका प्रदेश प्रमुख र अस्थायी राजधानीमा आफूहरुको सहमति नरहेको बताएका छन् ।

बैंककमा स्वास्थ्य परिक्षणको लागि गरेर बिहीबार स्वदेश फर्किएका ओलीले त्रिभुवन विमानस्थलमा संचारकर्मीहरु संग कुरा गर्दै सरकारले तोकेको प्रदेश प्रमुख र अस्थायी राजधानीमा आफूहरूको सहमति नरहेको भन्दै नयाँ सरकारले परिर्वतन गर्ने संकेत गरेका हुन् ।

सरकारले बुधबार तोकेको प्रमुख र राजधानीको विषयमा उपयुक्त समयमा निर्णय लिने भन्दै उनले भने, ‘सरकारले ढिलै भएपनि अस्थायी मुकाम तोकेर अप्ठ्यारो फुकाएको छ । उनले सरकारलाई प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न सरकारलाई सहमति दिएको तर, व्यक्ति र स्थानमा सहमति नरहेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !