४ जेष्ठ २०८१, शुक्रबार

निर्वाचन आयोगले प्रचण्ड-नेपाल समूहको निवेदन फिर्ता गरेको प्रधानमन्त्री ओलीको दावी


केपी शर्मा ओली फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले नेकपामा आएको विवादपछि आधिकारिकताका लागि प्रचण्ड-नेपाल समूहले दिएको निवेदन निर्वाचन आयोगले फिर्ता पठाइदिएको दावी गरेका छन् ।

आज शुक्रबार प्रवासी नेपाली मन्चका कार्यकर्तालाई जुममार्फत सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले सूर्य चिन्ह र नेकपा पनि आफ्नै समूहको हुने दावी गरे । उनले सूर्य चिन्ह पनि आफ्नै भएको भन्दै कार्यकर्तालाई चिन्ता नगर्न आग्रह गरे ।

सूर्य चिन्ह २०४८ देखि हाम्रो भएकोले एक दुई जना मान्छे छोड्दैमा सूर्य कहिँ नजाने भएकोले हामीसँगै बहुमत भएकोले सूर्य चिन्ह हामीसँगै भएको ओलीले दावी गरे । यसैबीच निर्वाचन आयोगले भने ओलीको दावीबारे केही बताएको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !