२० बैशाख २०८१, बिहिबार

पार्टी एकता हुनेमा कुनै समस्या छैनः कृष्णबहादुर महरा


DPM Krishna Bahadur Mahara returns from China कृष्णबहादुर महरा

३ माघ, काठमाण्डौ । माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले पार्टी एकता हुनेमा कुनै दुविधा नभएको बताएका छन् । प्रेस सेन्टर कास्की र प्रेस चौतारी कास्कीले पोखरामा बुधबार संयुक्त रुपमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले दुई अलग/अलग पार्टीवीचमा बिचार, राजनीति र संगठन मिलाउन केही समय लाग्ने भएपनि पार्टी एकता हुनेमा कुनै भने समस्या नभएको बताएका हुन् ।

‘पार्टी एकता हुन्छ, त्यसमा कुनै समस्या वा दुविधा छैन,’ उनले भने,’दुई अलग/अलग धारमा हिँडेको छुट्टै बिचार, छुट्टै राजनीति र छुट्टाछुट्टै संगठन भएको पार्टीलाई मिलाउन केही समय भने लाग्न सक्छ ।’

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेता महराले संवैधानिक समस्या देखाएर प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता लम्ब्याउने प्रयास गरिरहेको आरोप समेत लगाएका छन् । अर्को फरक प्रशंङ्गमा नेता महराले प्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेसका कारण प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्ने बारेमा सहमति हुन नसकेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !