१९ बैशाख २०८१, बुधबार

“ओलीले गल्ती गर्दा सच्याउनकै लागि अदालत चाहिने हो, नत्र त अदालत किन आवश्यक पर्थ्यो र”


घनश्याम भुसाल

बुटवल । प्रचण्ड–नेपाल समूहका नेता घनश्याम भुसालले प्रतिनिधिसभा विघटनको निर्णय संविधान, परम्परा र जनचाहना विपरित भएकाले तुरुन्त पुनर्स्थापना हुनुपर्ने बताएका छन् । नेता भुसालले प्रतिनिधिसभा पुनर्स्थापनाको विकल्प नभएको बताए ।

विश्वका कुनै पनि सभ्य मुलुकमा जनताको चाहना विपरित गरिएको संसद विघटनलाई अदालतले सदर नगरेको भन्दै नेता भुसालले, ‘कार्यकारीले गल्ती गर्दा सच्याउनकै लागि अदालत चाहिने हो, नत्र त अदालत किन आवश्यक पर्थ्यो र ?’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !