७ बैशाख २०८१, शुक्रबार

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता


शेरधन राई

बिराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्तावमा ३६ सांसदको हस्ताक्षर रहेको छ ।

निवर्तमान अर्थमन्त्री तथा प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बोको अगुवाइमा भीम आचार्यलाई मुख्यमन्त्रीको उम्मेदवार प्रस्ताव गर्दै आइतबार बिहान १०:४० बजे प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गरिएको हो ।

अविश्वासको प्रस्तावमा प्रस्तावक आङ्बो छन् भने समर्थक तेह्रथुमका सांसद लक्ष्मण तिवारी रहेका छन् । प्रस्तावमा ३७ जनाको हस्ताक्षर रहेपनि प्रचण्ड-नेपाल समूहका थप सांसदले हस्ताक्षर गर्न छुटेको बुझिएको छ ।

प्रदेश १ मा ९३ सांसदमध्ये नेकपासँग ६७ सांसद रहेकामा पार्टी विभाजनसँगै दुई समूहमा बाँडिदा प्रचण्ड-नेपाल समूहको भीम आचार्यको पक्षमा ४० बढी सांसद छन् भने ओली समूहका मुख्यमन्त्री राईको पक्षमा २० जना सांसद रहेका छन् ।

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेसहित सोही मन्त्रालयका राज्यमन्त्री जसमाया गजमेर र उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले राजीनामा दिएका छन् ।

वर्तमान राष्ट्रिय राजनीतिमा घटेका घटनाक्रमहरुका कारणले गर्दा वर्तमान प्रदेश सरकारको मन्त्री र राज्यमन्त्रीको जिम्मेवारीमा रही काम गर्न असमर्थ रहेको व्यहोरा राजीनामा पत्रमा उल्लेख छ ।

हिजो शनिबार मुख्यमन्त्री शेरधन राईले प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोलाई मन्त्री पदबाट हटाएका थिए । केन्द्रमा नेकपाभित्र देखिएको विवाद प्रदेशमा पनि देखिन थालिएको छ ।

यो पनि पढ्नुहोस्

प्रदेश १ का ३ जना मन्त्रीद्वारा राजीनामा, मुख्यमन्त्रीले गुमाए संसदीय दलमा बहुमत

प्रदेश १ का मुख्यमन्त्री राईले किन गरे अर्थमन्त्री आङबोलाई बर्खास्त ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !