२० बैशाख २०८१, बिहिबार

२०७८ मंसिर २ मा महाधिवेशन गर्ने ओली समूहको निर्णय, के गर्लान् त प्रचण्ड समूह ?


बैठक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली समूहले पार्टी महाधिवेशन आगामी वर्ष मंसिर २ मा गर्ने निर्णय गरेको छ ।ओली समूहले नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट हटाउने निर्णयसमेत गरेको छ । पार्टी हित विपरित गतिविधि गरेको भन्दै श्रेष्ठलाई प्रवक्ताबाट हटाउने निर्णय गरेको स्रोतले बतायो ।

ओली समूहले प्रदीप ज्ञवालीलाई प्रवक्ता तोकेको छ । ओलीले केन्द्रीय महाधिवेशन आयोजक कमिटी घोषणा गरिसकेका छन् । आफू निकट केन्द्रीय सदस्यहरुको आज बसेको बैठकमा ओलीले ११९९ जनाको महाधिवेशन आयोजक कमिटी घोषणा गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !