२३ बैशाख २०८१, आइतबार

राजसंस्था पुनःस्थापनाको मागसहित देशभर आन्दोलन गर्ने राप्रपाको तयारी (आन्दोलनका तालिकासहित)


२ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सनातन हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको माग गर्दा सरकारविरुद्ध आन्दोलन गर्ने तयारी गरेको छ ।पार्टीको केन्दीय बैठकले यही पुस १२ गतेदेखि पहिलो चरणको आन्दोलन गर्ने निर्णय गरेको स्रोतले बतायो ।

राप्रपाले भ्रष्टाचार नियन्त्रण, कोरोना महामारी नियन्त्रणलगायतका विषयमा सरकार असफल भएको भन्दै आन्दोलन गर्ने तयारी गरेको स्रोतले बतायो । राप्रपाले पुस १२ गते ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाउने, पुस १२ गतेदेखि २१ गतेसम्म जिल्ला सदरमुकाम तथा ठूला सहरहरुमा मोटरसाइकल र्याली गर्ने, पुस १५ गतेदेखि २५ भित्र जिल्ला सदरमुकामहरुमा जनप्रदर्शन गर्ने निर्णय गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !