२२ बैशाख २०८१, शनिबार

ईश्वर पोखरेलको दबाबमा विश्वराज पोखरेललाई एआईजीमा बढुवा, पोखरेल भावी आईजीपीको एकल उम्मेदवार


ईश्वर पोखरेल

१५ मंसिर, काठमाडौं । डीआईजी विश्वराज पोखरेललाई एआईजीमा बढुवा गर्न सिफारिस गरिएको छ । सोमबार साँझ बढुवा समितिको बैठकले पोखरेललाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । पोखरेलको बढुवासँगै हालका आईजीपी शैलेश थापा क्षेत्रीको अवकाश भएपछि महानिरीक्षक (आईजीपी) बन्नका लागि उनी एक्लो दाबेदार बनेका छन् ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलका नातेदार पोखरेललाई एआईजीमा बढुवा गरेर भावी आईजीपीको एकल उम्मेदवार बताएका छन्। भावी आईजीपीको एकल उम्मेदवार बनाउनका लागि सरकारले मंसिर पहिलो साता गृहमन्त्री रामबहादुर थापालाई समेत थाहै नदिइ एआईजीको दरबन्दी थपेपछि प्रहरी प्रधान कार्यालय असन्तुष्ट छ । तर उपप्रधानमन्त्री पोखरेलको दबाबसामू प्रहरी महानिरीक्षक क्षेत्री पनि निरीह बनेको प्रहरी प्रधान कार्यालयका एक अधिकृत बताउँछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !