२२ बैशाख २०८१, शनिबार

छठपर्वमा समाजवादी पार्टीका अध्यक्ष रुद्रजंग पुलामीद्वारा शुभकामना


रुद्रजंग पुलामी

काठमाडौँ । राष्ट्रिय समाजवादी पार्टी, नेपालका अध्यक्ष रुद्रजंग पुलामीले छठ पर्वको लोकआस्थाको महापर्व छठपर्वको अवसरमा सम्पूर्ण हिन्दू धर्मावलम्बी एवं प्रदेशवासीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।

अध्यक्ष पुलामीले लोकआस्थाको महापर्व छठपर्वको अवसरमा सम्पूर्ण हिन्दू धर्मावलम्बी एवं प्रदेशवासीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।

अध्यक्ष पुलामीले लेखेका छन्, “छठ पर्व २०७७ को सु-अवसरमा सम्पूर्ण दिदीबहनी तथा दाजुभाईहरुमा सुख, शान्ति, उत्तरोत्तर प्रगति, सुस्वास्थ्य र दिर्घायुको कामना सहित हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु । विश्वभर फैलिरहेको कोरोना महामारीबाट नेपाली समाज मुक्त हुन सकिरहेको छैन । यस बिचमा आवस्यक स्वास्थ्य मापदण्ड अपनाउदै चाड पर्वहरु मनाउनु पर्ने विषयलाई भुल्न हुँदैन । एकातर्फ कोभिड -१९ विरुद्ध लड्नु पर्ने चुनौती रहेको छ भने अर्कोतर्फ दलाल दलहरु र त्यसको जगमा खडा भएको भ्रष्ट सरकारको विरुद्ध पनि सङ्घर्ष गर्नुपर्ने चुनौती हाम्रा अगाडी खडा छन । यी दुवै विषय आम नागरिकका शत्रु हुन । तसर्थ, यस्ता शत्रुका विरुद्ध लड्न सक्ने सामर्थ्य र उर्जा सम्पूर्णमा प्राप्त हुने आशा व्यक्त गर्दछु । धन्यवाद !”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !