काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सचिवालयमा पेश गरेको प्रस्ताव फिर्ता हुनुपर्ने भनेर भनाई आजको नेकपा सचिवालयमा राखेको भनेर केहि संचार माध्यममा आएका समाचारहरु झुठो र कपोलकल्पित भएको गौतमको सचिवालयले स्पष्ट पारेको छ ।
आजको सचिवालय बैठकमा प्रचण्डको प्रस्तावमाथि छलफल गर्ने भन्ने कुनै एजेण्डा समेत नभएको भन्दै गौतम लगायतका नेताहरुले सौहार्द्रतालाई ख्याल गर्दै कुनै किसिमको उत्तेजक अभिव्यक्ति बैठकमा नदिएको पनि गौतमको सचिवालयले स्पष्ट पारेको छ ।
‘समाचारहरुमा चर्काचर्की भयो, घम्साघम्सी भयो भन्दै वामदेव गौतमले प्रचण्डको प्रस्ताव फिर्ता हुनुपर्ने कुरा गरेकोसम्मका कपोलकल्पित कुरा आए । वास्तवमा आजको बैठकमा त्यस किसिमका कुनै कुरा उठेका छैनन्,’ गौतमको सचिवालयले जारी प्रेस नोटमा भनिएको छ ।
प्रचण्डले पेश गरेका प्रस्तावहरु गौतमको समेत सहमतिमा आएको र त्यसलाई कुनै हालतमा फिर्ता गरिनुहुँदैन भन्ने कुरामा उनी अडिग रहेको पनि गौतमले सचिवालय मार्फत स्पष्ट पारेका छन् । यसवाट के प्रष्ट हुन्छ भने वामदेव आजसम्म प्रचण्डको कित्तामा नै छन् । उनी ओलीको प्रलोभनमा फसेका छैनन् भन्ने बुझिन्छ । पटक-पटक प्रधानमन्त्री केपी शर्मा ओलीवाट धोका खाएका वामदेवकाे ओलीप्रति आक्रोश घटेको छैन ।
‘प्रचण्डले पेश गर्नुभएका प्रस्तावहरु वामदेव गौतमको समेत सहमतिमा आएको र त्यसलाई कुनै हालतमा फिर्ता गरिनुहुँदैन भन्ने कुरामा उहाँ सतिसालझैँ अडिग हुनुहुन्छ’, सचिवालयका तर्फबाट जारी प्रेस नोटमा भनिएको छ । यस बीचमा राष्ट्रपति, प्रधानमन्त्रीहरुसँगको भेटमा पनि उनले यो कुरा व्यक्त गरिसकेको बताइएको छ ।
उक्त प्रेस नोटमा भनिएको छ, ‘प्रचण्डले पेश गर्नुभएका प्रस्तावहरु नेकपाका समस्त एकताप्रेमी, परिवर्तनकामी एवं विधि र पद्धति पक्षधर नेता–कार्यकर्ताको सामूहिक आवाज हो । केपी ओलीलाई धरातीय यथार्थबाट माथि (हावामा) उडाएर उनको सुन्दर राजनीतिक जीवनमा क्षति पुर्याउने काम तुरुन्त रोकियोस् । उनलाई खुशी पार्ने नाममा अरु नेताको बद्नामी गर्ने, भ्रम सिर्जना गर्दै अरु नेताको बदख्वाइँ गर्ने काम पनि तत्काल बन्द गरियोस् ।’
यो पनि पढ्नुहोस्
खासमा त्यो चुनाव मैले हारेको हैन : वामदेव गौतम
वामदेवलाई प्रतिनिधि सभामा लैजाने नेकपा सचिवालयको निर्णय
वामदेवलाई फेरि आफ्नो समूहमा ल्याउन फकाउदै प्रधानमन्त्री ओली
हात्ती आयो हात्ती आयो फुस्स : वामदेवको थप बिजोग
वामदेवलाई महाधिवेशनबाट अध्यक्ष बनाउने ओलीको अर्को उधारो प्रस्ताव !