१३ बैशाख २०८१, बिहिबार

वामदेवलाई महाधिवेशनबाट अध्यक्ष बनाउने ओलीको अर्को उधारो प्रस्ताव !


ओली वामदेव गौतम

काठमाडौं, ८ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद साउन १३ गतेसम्मकोक लागि स्थगित भएको छ । पार्टी भित्रको विवादकै कारणले गर्दा नेकपाको स्थायी कमिटीको बैठक साउन १३ गते बस्नेगरि स्थगित् भएको छ ।

पार्टीभित्र पार्टीभित्र शक्ति–संघर्ष चलिरहँदा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई आगामी महाधिवेशनमा अध्यक्ष बनाउने प्रस्ताव गरेका छन् ।

पार्टीभित्रका नेताहरुले ओलीको दुवै पदको राजिनामा मागेपछि ओलीले गौतमलाई आफ्नो पक्षमा तान्ने प्रयास गरिरहेका छन् । ओलीको यो प्रस्ताव लिएर प्रधानमन्त्री ओलीको प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललगायतका नेताहरु गौतमलाई भेट्न उनको निवास भैंसेपाटी पुगेका थिए । ओलीको प्रस्तावमा नेता गौतमले ‘छलफल गरौंला’ भन्नेमात्रै जवाफ दिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !