, खासमा त्यो चुनाव मैले हारेको हैन : वामदेव गौतम

खासमा त्यो चुनाव मैले हारेको हैन : वामदेव गौतम

१९ भदौ, काठमाडौँ । २०७४ मंसिरको चुनावमा बर्दिया–१ बाट पराजित भएका नेकपाका उपाध्यक्ष वामदेव गौतमले मत बदर नभएको भए आफू सोझै सोझै आउने बताएका छन् । एक मिडियासँग कुरा गर्दै गौतमले त्यो चुनाव आफू नहारेको समेत जिकिर गरेका छन् ।

गौतमले भनेका छन्, “मैले बर्दियामा ४४ हजार ६९ मत प्राप्त गरेँ तर मेरो नाममा परेको ५ हजार भोट बदर भयो । बदर नभएको भए त म सोझै आउने थिएँ । खासमा त्यो चुनाव मैले हारेको हैन । विद्युतीय प्रणाली भएको भए म उतिखेरै प्रतिनिधिसभामा आइसक्थेँ ।”