७ बैशाख २०८१, शुक्रबार

वामदेवलाई प्रतिनिधि सभामा लैजाने नेकपा सचिवालयको निर्णय


नेपाल सरकारको सिफारिसमा

२० वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभामा लैजाने निर्णय गरेको छ । साथै आज बेलुकी बसेको उक्त बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेका छन् ।

बैठक सकिएलगतै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सो कुराको जानकारी दिएका हुन् । साथै उनले पार्टीलाई एकतावद्ध राख्ने, पार्टीलाई विधि पद्धति र कम्युनिष्ट मूल्य मान्यता अनुसार सञ्चालन गर्ने, पार्टीको मार्गनिर्देशनमा सरकार सञ्चालन गर्ने र सरकारले देश र जनताको पक्षमा समाजवाद उन्मुख सामाजिक आर्थिक रुपान्तरणको लक्ष्य हासिल गर्ने गरी काम गर्ने दिशामा दृढतापूर्वक अगाडि बढ्ने निर्णय लिएको बताएका छन् ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अरु नेताहरुले पनि आत्मालोचना गरेर अगाडि बढ्ने नेकपाको निर्णय छ । बैठकले पार्टीलाई फुट उन्मुख गराउने कुनै पनि क्रियाकलापमा सहभागी नहुन नेता कार्यकर्तालाई निर्देशन समेत दिएको छ ।

बामेदव गौतमलाई प्रधानमन्त्री र वरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव राखेपछि नेकपा सचिवालयको पहिलो बैठक बसेको थियो । समग्रमा यस्ता निर्णय गरेर सकिएको बहुप्रतिक्षित नेकपाको सचिवालय बैठकपछि नेकपाको आन्तरिक विवाद केहि समय कम भएको विश्लेषण गर्न सकिन्छ ।

यो पनि पढ्नुहोस्

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीवीच भेटवार्ता

बालुवाटारमा बसिरहेको नेकपा सचिवालय बैठकका रोचक तस्वीरहरु

नेकपा सचिवालय बैठक सुरु, ओली प्रचण्डको कुर्सी एउटै लहरमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !