२४ बैशाख २०८१, सोमबार

नेकपा सचिवालय बैठकमा यी एजेन्डाहरु प्रस्तुत हुने


काठमाडौं, २८ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज अपरान्ह ४ बजे बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने भएको हो ।

बैठकमा घेराबन्दी देखि पार्टी विधि र पद्धति नाघेको विषय उठ्ने र अध्यक्षद्वय ओली र प्रचण्डबीच एक अर्काको कार्यशैलीप्रति आलोचनासहितका एजेन्डाहरु प्रस्तुत हुने बुझिएको छ ।

प्रधानमन्त्री ओलीले पार्टीमा गुटबन्दी र आफ्नाविरुद्ध घेराबन्दीको विषय उठाउने भएका छन् । प्रचण्डले भने पार्टी विधि पद्धति नाघेको, सरकारको निर्णयहरु पार्टीलाई बेवास्ता गरेर गरिएको विषय उठाउने भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !