२१ बैशाख २०८१, शुक्रबार

महामारी नियन्त्रणमा जनप्रतिनिधिको महत्वपूर्ण भूमिका हुन्छ : अध्यक्ष तिमिल्सेना


गणेश प्रसाद तिमिल्सिना

गोदावरी, २५ कात्तिक । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जनप्रतिनिधिको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । धनगढीमा आज आयोजित ‘कोभिड–१९ महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरुको भूमिका’ विषयक अन्तरक्रियामा उहाँले कोभिड–१९ महामारी र जोखिमबारे जनतालाई सचेत गराउन जनप्रतिनिधिको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

उहाँले जनप्रतिनिधिले कोभिड–१९ महामारी र जोखिमबारे सचेतना अभिवृद्धि गर्न नागरिकसँगको सम्बन्धलाई नजिक बनाउनुपर्ने बताउनुभयो । उहाँले तीनवटै सरकार, राजनीतिक दल र विभिन्न सङ्घसंस्था लागेर कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले विभिन्न महामारीसँग जुध्न सबैको सकारात्मक भूमिका आवश्यक हुने बताउँदै कोरोनाबाट सजग हुन स्वास्थ्य मापदण्ड अपनाउन जनसमक्ष आग्रह गर्नुभयो । कोभिड–१९ सम्बन्धी अफवाह तथा गलत सूचनाको प्रतिकार गर्न जनप्रतिनिधिहरु लाग्नुपर्ने उहाँको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !