१४ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीमाथि खतरनाक करवाहीको गर्ने तयारी छ : गोकुल बाँस्कोटा


ओली, गोकुल बाँस्कोटा

कात्तिक २५, काठमाडौं । नेकपाका नेता गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पार्टीले कारबाही गर्न लागेको संकेत गरेका छन् । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिने बाँस्कोटाले मंगलबार बिहान ट्वीट गर्दै बाँस्कोटाले ओलीमाथि कारबाही गर्ने कुरा पत्यार नलागे पनि प्रतिक्षा गरिरहेको बताएका छन् ।

बाँस्कोटाले लेखेका छन्, “जीम्वालबाका छिमेकीले भनेकाे दुईसाताभित्र प्रधानमन्त्रीमाथि पानी पिउन पनि नपाउनेगरी खतरा कार्यवाही गर्ने तयारी छ रे! भर्खरै सुनाए।पत्यार नलागे पनि प्रतिक्षा त गर्नु पराे अब।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !