२१ बैशाख २०८१, शुक्रबार

प्रदेश नं. ७ को राजधानी दिपायलमा वनाउने माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र


dipayal

२१ पुस, डोटी । प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रदेश नम्बर ७ को राजधानी दिपायल माग गर्दै डोटीको एक प्रतिनिधि मण्डलले शुक्रबार बिहान ज्ञापनपत्र बुझाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरको उपस्थितिमा डोटी प्रदेश सभा ‘क’बाट निर्वाचित सांसद भरतबहादुर खड्का, नेपाली कांग्रेस डोटीका सभापति प्रदीप देउवा राप्रपा प्रजातान्त्रिकका जिल्ला अध्यक्ष लाल बहादुर कठायत लगायतको प्रतिनिधि मण्डलले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

त्यस विषयमा प्रधानमन्त्री देउवाको सकारात्मक प्रतिक्रिया आएको सांसद खड्काले बताए । ‘हामीले डोटीका औचित्यका साथ ज्ञापनपत्र पेस गर्यो । त्यसबारे सम्माननीय प्रधानमन्त्रीज्यु आफैँपनि विज्ञ हुनुहुन्छ,’ उनले भने, ‘त्यसपछि उहाँले हामीलाई राजधानीको औचित्य र सबैको भावनालाई कदर गर्दै निर्णय लिन्छौं भनेर भन्नुभएको छ ।’

भौतिक पूर्वाधार तथा यातायात मन्त्री बलायरले प्रधानमन्त्रीसँगको भेटमा सबै पहाडी जिल्लाको संवेदना र तराईमा बसोबास गर्ने अधिकांश बासिन्दाहरुको सद्भाव पनि एकैठाउँमा रहेको बताएका छन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !