२२ बैशाख २०८१, शनिबार

पूर्वसमूहको आधारमा समीकरण बनाएर खेल्न खोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको हो : उपप्रधानमन्त्री पोखरेल


ईश्वर पोखरेल फाइल फोटो

काठमाडौँ, १७ कात्तिक । उपप्रधानमन्त्री ईश्वर पोखरेलले पूर्वसमूहभित्रको आवद्धताका आधारमा समीकरण बनाएर खेल खेल्न खोज्दा पार्टी विभाजन हुन लागेको बताएका छन् । नेकपाका सचिवालय सदस्य समेत रहेका पोखरेलले ट्वीटर मार्फत उनले एकताका बेला गरिएको सहमति विपरीत पूर्वसमूहको समीकरण बनाएर विभाजनको दुर्भाग्य निम्त्याउन लागेको आरोप लगाएका छन् ।

उनले लेखेका छन्, “एकताका वेला गरिएको सहमती विपरित पूर्व समूहभित्रको आवद्धताका आधारमा समिकरण बनाएर खेल खेल्नखोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको हो।त्यस्तो दुर्भाग्य निम्त्याउनेहरूलाई सबैले बेलैमै चिनौं,खवरदारी गरौं ! व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूको विरोध गर्दै पार्टी एकतालाई बचाऔं !!”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !