४ जेष्ठ २०८१, शुक्रबार

४ मुख्य न्यायाधीशको नाम सिफारिस उच्च अदालतमा


office

२० पुस, काठमाण्डौ । विभिन्न उच्च अदालतमा ४ जना मुख्य न्यायाधीशको नाम न्याय परिषद्ले सिफारिस गरेको छ । सर्वोच्च अदालतका मुख्य रजिष्टार नहकुल सुवेदी, उच्च अदालतका न्यायाधीशहरु उदय चापागार्इं, हरि पोखरेल र यज्ञ बत्स्याल छन् ।

परिषद्को सिफारिसअनुसार उनीहरुलाई प्रधानन्यायाधीशले नियुक्त गर्नेछन् । साथै बिहीबार नै बसेको कानुन सेवा आयोगको बैठकले सर्वोच्च अदालतको रजिष्टारमा महेन्द्र उपाध्याय र कानुन आयोगको सचिवमा चिरञ्जीवी खनालको नाम सिफारिस गरेको छ ।

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !