२१ बैशाख २०८१, शुक्रबार

राजधानीको माग राख्दै उत्रिएका आम हड्तालले जनजीवन प्रभावित


Dhankuta, rally Locals taking out a rally demanding Dhankuta as the capital of Province 1, in Dhankuta Bazar, on Friday, December 15, 2017. Photo: THT

१९ पुस, धनकुटा ।  प्रादेशिक राजधानीको माग राख्दै उत्रिएका आम हड्तालले गर्दा धनकुटाका  मानिसहरुको  जनजीवन प्रभावित बनेको छ  ।  धनकुटाबासीले बिहानैदेखि कोसी राजमार्गको धरान धनकुटा सडक खण्ड बन्द गराएका छन् । धनकुटाको आत्मारा ढाट तथा जिरो प्वाइन्टमा बन्दका कारण दर्जनौं सवारी साधन रोकिएका छन् ।

बन्दकर्ताले मोटरसाइकल समेत रोकेपछि सर्वसाधारणलाई बढी असर परेको छ । सरकारले आफ्नो माग नसुनेकाले आन्दोलनलाई शसक्त पारिएको आन्दोलन समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले बताए ।एक महिनादेखि धनकुटाबासीले राजधानी माग राख्दै चरणबद्ध आन्दोलन गर्दै आएका छन् ।

जिल्लाका सात वटै तहका प्रमुख तथा उपप्रमुख, राजनैतिक दलका प्रतिनिधि लगायत विभिन्न संघसंस्था समेटिएको ५०१ सदस्यीय समिति गठन गरी संघर्षका कार्यक्रम अघि सारिएको जनाईएको छ ।लाठी प्रहार गर्ने क्रममा मोरङ कारागारको को.१ झ ४८३ नंबरको जिपमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !