१४ बैशाख २०८१, शुक्रबार

यस्तो सरकार किन चाहियो ? केपी ओली हटाऊ : पूर्वप्रधानमन्त्री डा. भट्टराई


प्रधानमन्त्री ओली र बाबुरामको जुहारी

काठमाडौं, कार्तिक ३ । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले कोरोना महामारीमा जनताको ख्याल नगर्ने केपी शर्मा ओली सरकार हटाउनुपर्ने बेला आएको बताएका छन् । डा. भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा लेख्दै ‘रिमुभ केपी ओली’ अर्थात् केपी ओलीलाई हटाउँ भनी आह्वान गरेका छन् ।

ट्विटरमा उनले यस्तो लेखेका छन्, ‘कोरोना उपचार खर्च आफै व्यहोर ! वेहोस भए मात्रै अस्पताल जाऊ ! वेरोजगार श्रमिक रूॅदै गाऊॅ फर्क ! भारतबाट फर्केका श्रमिक भोकै परेपछि दशैंको मुखमा भारततिरै फर्क ! महिनौंदेखि स्कूल-कलेज बन्द भएर अलपत्र परेका विद्यार्थी जेसुकै गर ! आसेपासेहरू कमिसन/भत्ता डकार ! यस्तो सरकार किन चाहियो ? #RemoveKPOli भनेर प्रश्न गरेका छन् ।

नेपालमा कोरोना संक्रमण व्यापक फैलिएपछि उपचार गर्न सम्भव नभएकोले गर्दा सरकारले हात झिकेको छ । अव उपरान्त कोरोनाको परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा हिजो जानकारी दिएका थिए । सरकारको यो निर्णयप्रति चौतर्फी आलोचना शुरु भएको छ ।

यो पनि पढ्नुहोस्

कम्युनिष्ट सरकारको विपरित मति : बरिष्ट नेता पौडेल

सरकार स्वयं संक्रमित भएर आइसाेलेसनमा बसेको छ : गगन थापा

सरकारले हात झिक्यो, अब कोरोना संक्रमितले आफ्नै खर्चमा उपचार गर्नुपर्ने

बाबुराम र नारायणकाजीवीच शीतयुद्ध : भट्टराई भने, ‘जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाउँ’

भ्रष्टाचारबारे आफूले बाहिर बोलेपछि ठूलो कम्पन आएको छ : पूर्वप्रधानमन्त्री डा. भट्टराई

ओली, दाहाल र देउवाले ९ अर्ब खाए : पूर्वप्रधानमन्त्री डा. भट्टराई

ओलीको संगतले प्रचण्डलाई धुरुधुरु रुनु परेको छ : डा. बाबुराम भट्टराई


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !