१४ बैशाख २०८१, शुक्रबार

यस कारण वामदेव गौतम ओलीविरुद्ध कडा कदम चलाउने तयारीमा


ओली, गौतम

काठमाडौं, ३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टीको निर्णय विपरित काम गर्न थालेपछि नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले ओलीको साथ छाडेका छन् । गौतमले आफूलाई पटक-पटक ओलीबाट धोका भएको भन्दै नयाँ योजनासाथ बढ्ने निष्कर्षका साथ निकटस्थहरुलाई तयारीमा लाग्न भनेका छन् ।

स्रोतका अनुसार गौतमले आफूले पटक-पटक साथ दिंदा पनि धोका भएको भन्दै अब कडा कदम चालेर देखाउने तयारी थालेका हुन् । गौतमले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालसँग छलफल गरिसकेका छन् । उपप्रधानमन्त्री र महत्वपुर्ण मन्त्रालय रोजेका गौतम आफ्ना लागि ढोका बन्द भइसकेपछि त्यस्तो निष्कर्ष निकालेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !