२२ बैशाख २०८१, शनिबार

नयाँ शक्तिको रणनीतिक वैठक भोलीवाट कास्कीमा बस्ने


१७ पुस, काठमाण्डौ। नयाँ शक्ति पार्टी नेपाल प्रतिनिधि सभा र प्रदेशसभा चुनावमा अपेक्षाकृत जित पाउन नसकेपछि त्यसको समीक्षासहित भावी योजना निर्माणमा जुटेको छ। त्यसैले गर्दा नयाँ शक्ति पार्टीको महत्वपूर्ण वैठक भोलिबाट कास्कीमा बस्न थालेको छ। काठमाडौँ उपत्यकामा उपलब्ध केन्द्रीय कार्यकारी समिति, विज्ञ परिषद र सल्लाहकार परिषदका सदस्यहरुको  मंसीर २९ को परामर्श वैठकले पुस १८ देखि २० गतेसम्म कास्कीमा महाधिवेशन र सम्पुर्ण समितिको पूर्ण वैठक बस्ने निर्णय गरेको थियो।

पार्टी गठनदेखि यताको चुनावी समीक्षा र अवको योजना निर्माणमा केन्द्रित हुने वैठकमा पार्टीका नेताहरुले बताएका छन्। पार्टी संयोजक डा.बाबुराम भट्टराईसहितका नेताहरु वैठकमा सहभागी हुन आज नै पोखरा पुग्दैछन्। नयाँ शक्ति पार्टीको प्रतिनिधि सभामा प्रत्यषतर्फ डा.भट्टराईले जित निकालेपनि थ्रेस होल्ड अर्थात मत सीमा नकटाएपछि राष्ट्रिय दलको मान्यता पाउन सकेन।

पार्टीका संयोजक भट्टराईले फेसवुकमा लेखेका छन्, ‘नयाँ बर्षको शुरूवात संगै नयाँ शक्ति नेपालको नयाँ दिशा र कार्यभार तय गर्न भोलिदेखि पर्यटकीय नगरी पोखरामा पार्टीको प्रथम महाधिवेसन आयोजक समितिको पूर्ण बैठक शुरू हुँदैछ। बैठकलाई परम्परागत ढाँचा भन्दा फरक ढंगले सन्चालन गर्दै तीन दिनसम्म ( पौष १८(२० ) आफ्नै निर्मम शल्यक्रिया गरिनेछ र देशमा सच्चा वैकल्पिक राजनीतिक शक्तिको निर्माणको अभियानलाई नयाँ र अरू तीब्र ढंगले अघि बढाइनेछ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !