१४ बैशाख २०८१, शुक्रबार

वाइडबडि, बालुवाटार, प्रीन्टिङ प्रेस,गोकर्ण रिसोर्ट जस्ता काण्डमाको गहिरो छानबिन गरी कडा कार्वाही गर्नुपर्छ : प्रवक्ता शर्मा


विश्वप्रकाश शर्मा

काठमाडौं, २९ असोज । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भ्रष्टाचारको फायल खोल्न र कारबाही गर्न सिंगो देशको माग रहेको बताएका छन् । प्रवक्ता शर्माले वाईडबडी, ओम्नी, बालुवाटार जग्गा प्रकरण, सेक्युरिटी प्रिन्टिङ प्रेस, गोकर्ण रिसोर्टदेखि लडाकुको राशनसमेतमा गहिरो छानबिन र कडा कारबाही अघि बढाउन सार्वजनिक दबाब बढाउनुपर्ने बताएका छन् ।

आज सामाजिक सञ्जाल ट्विटरमार्फत प्रवक्ता शर्माले लेखेका छन्,‘भ्रस्टाचारका फायल खोल्न र कार्वाही गर्न सिंगो देशको माग छ l वाइड बडि,ओम्नि, बालुवाटार, प्रीन्टिङ प्रेस,गोकर्ण रिसोर्ट अनि लडाकुको राशन समेत l गहिरो छानबिन र कडा कार्वाही अघि बढाउन सार्वजनिक दबाब बढाऔं ! बुढिगण्डकीमा रास्ट्रघातबारे गत मंसिरको भिडियो वक्तव्य यस्तो थियो !”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !