२० बैशाख २०८१, बिहिबार

प्रधानमन्त्री ओलीले खोसे ईश्वर पोखरेलको मन्त्रालय, विष्णु पौडेल बने अर्थमन्त्री !


ईश्वर पोखरेलको मन्त्रालय, विष्णु पौडेल

काठमाडौं, असोज २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् हेरफेर गरेका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्‍मा हेरफेर गरेकी छन् ।

राष्ट्रपतिको कार्यालयले आज बेलुकी एक विज्ञप्ति गरी गर्दै संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्‍मा नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको उल्लेख गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिएका छन् । प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालय आफैंले राखेका छन् ।

प्रधानमन्त्री ओलीले पार्टीका महासचिव विष्णु पौडेललाई अर्थमन्त्री नियुक्त गरेका छन् । यसअघिका अर्थमन्त्री युवराज खतिवडाले ६ महिनाभित्र संसद सदस्य बन्न नसकेपछि राजीनामा दिई अमेरिकाको लागि राजदूत बनाइएको छ ।

नेकपा सांसद कृष्णगोपाल श्रेष्ठ शहरी विकास मन्त्री भएका छन् । यो मन्त्रालय भौतिक पूर्वाधार तथा यातायत मन्त्री बसन्त कुमार नेम्वाङले सम्हाल्दै आएका थिए ।

साथै लीला श्रेष्ठलाई महिला बालबालिका तथा सामाजिक विकास मन्त्री बनाइएको छ भने महिला बालबालिकामा हरेका पार्वत गुरुङलाई सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ । योसँगै मन्त्रिपरिषद २५ सदस्यीय बनेको छ ।

प्रधानमन्त्री ओलीले खोसे ईश्वर पोखरेलको मन्त्रालय, विष्णु पौडेल बने अर्थमन्त्री !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !