५ जेष्ठ २०८१, शनिबार

कोमामा गइसकेका मुख्यमन्त्रीले मलाई हटाउने अधिकार छैन : नेता शाह


गुलाबजङ्ग शाह

सुर्खेत, असोज २६ । कर्णाली प्रदेशमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक लडाइँ चरम उत्कर्षमा पुगेको छ । कर्णाली प्रदेशका संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गुलाबजङ्ग शाहलाई प्रमुख सचेतकको जिम्मेवारीबाट हटाएका छन् ।

कामकारबाही सन्तोषजनक नभएको भन्दै शाहलाई सोमबार प्रमुख सचेतकबाट हटाइएको मुख्यमन्त्री शाहीले जानकारी गराएका छन् । आज सोमबार नै प्रमुख सचेतकबाट पूर्व एमाले पक्षका शाहलाई हटाई पूर्व माओवादी पक्षकी सीता नेपालीलाई जिम्मेवारी दिइएको जानकारी पार्टी प्रदेश कमिटी र प्रदेश सभा सचिवालयलाई समेत जानकारी गराइएको मुख्यमन्त्री शाहीले जनाएका छन् ।

नेता शाहले मुख्यमन्त्रीले आफूलाई पदमुक्त गर्ने अधिकार गुमाइसकेको, मंगलबार दिउँसो १ बजे संसदीय दलको बैठक बस्ने र निर्णय पनि हुने बताएका छन् । शाहले भने ‘कोमामा गएको नेतालाई जिम्मेवारीबाट हटाउने अधिकार छैन । आइतबार १८ जना सदस्यले दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका छन् । अब दलको नेताले कुनैपनि निर्णय गर्न पाउँदैन ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !