२१ बैशाख २०८१, शुक्रबार

प्रदेश ५ को प्रदेशसभामा नेपाली काँग्रेसका सांसदले गरे टेबुल र कुर्सी तोडफोड


प्रदेश ५ को प्रदेशसभामा नेपाली काँग्रेसका सांसदले गरे टेबुल र कुर्सी तोडफोड

१९ असोज, काठमाडौं । प्रदेश ५ को राजधानी दाङको घोराही बनाउन प्रदेशसभामा प्रस्ताव पेश गरिएको बिरोधस्वरुप प्रदेशसभामा नेपाली कांग्रेसका सांसद प्रदेशसभाभित्र टेबुल र कुर्सी तोडफोड गरेका छन् । आज सोमबार प्रदेशसभा बैठकमा नाम र राजधानी टुंगो लगाउने कार्यसूची छ ।

तोडफोडकै बीच आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभा बैठकमा नाम र राजधानी सम्बन्धी प्रस्ताव पेश गरेका छन् । उनी रोस्टमतर्फ जाने क्रममा सांसदहरुले उक्त प्रस्ताव खोस्न खोजेका थिए । सभामुख पूर्णबहादुर घर्तीमगरले तोडफोडकै बीच बैठक अघि बढाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !